दफा ६
कार्यकारी निर्देशक सम्बन्धी व्यवस्था
६. कार्यकारी निर्देशक सम्बन्धी व्यवस्था
(१) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले मानव अङ्ग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सकहरूमध्येबाट कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले पदीय जिम्मेवारी पूरा नगरेमा वा समितिको हित विपरीत कुनै काम गरेमा नेपाल सरकारले निजको पदावधि पूरा नहुँदै निजलाई कार्यकारी निर्देशकको पदबाट हटाउन
सक्नेछ ।
(५) उपदफा (४) बमोजिम कार्यकारी निर्देशकको पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिईनेछ ।
(६) कार्यकारी निर्देशकको पारिश्रमिक तथा सुविधा तोकिए बमोजिम हुनेछ ।